काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप २४ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघका अनुसार पुस महिनाको ८ गतेसम्ममा २४ अर्बले बढेको हो ।
मंसिर अन्तिम साता ४६ खर्ब २१ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर ८ गतेसम्म आउँदा २४ अर्ब रुपैयाँले बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।
त्यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी भने टप्पै भएको छ । २४ अर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ । मंसिर अन्तिम साता ४२ खर्ब २४ अर्ब कर्जा लगानी गरेका बैंकले पुस ८ गतेसम्म आउँदा ४२ खर्ब २३ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।