images
images

४८ घण्टाभित्र मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन


  • 369
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    ४८ घण्टाभित्र मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले  नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो। 

    मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक सुचना जारी गर्दै कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन  दिइएको उल्लेख छ ।  

    विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि मन्त्रालयले  ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेर कार्यान्वयनमा ल्याएको छ । 

    उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

    home-ministry.jpg

     


    images
    images

    Logo