images
images

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस


  • 503
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    रूपन्देही । डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृहमन्त्रालयमा सिफारिस गरेको हो ।

    प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई सुन र नगदसहित निवासबाटै पक्राउ गरेको थियो । त्यस क्रममा केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसमेत बरामद गरिएको थियो । 

    केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रूपैयाँ मागेको गोप्य सुचनाका आधारमा टोली बुटवल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।


    images
    images

    Logo