images
images

राष्ट्र बैंकका डेपुटी गभर्नर र बोर्ड सदस्यले कति पाउँछन् तलब ?


  • 351
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    राष्ट्र बैंकका डेपुटी गभर्नर र बोर्ड सदस्यले कति पाउँछन् तलब ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा डेपुटी गभर्नर र बोर्ड सदस्यलाई दिएकाे तलब,भत्ता र सुविधाको विवरण सार्वजनिक गरेको छ।

    वार्षिक प्रतिवेदन अनुसार बैंकले राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले तलब, बैठक भत्ता र अन्य सुविधा लिएका छन्। वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले वर्षभरीमा ४२ लाख ६० हजार १ सय १३ रुपैयाँ बुझेकी छिन्।उनीले तलब बापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बैठक भत्ताबापत २ लाख ७३ हजार र अन्य सुविधा २७ लाख १७ हजार ५ सय १३ रुपैयाँ बुझेकी छिन्।

    त्यस्तै, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि ४२ लाख २ हजार १७ रुपैयाँ बुझेका छन्। उनले तलबबापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बैठक भत्ता २ लाख ९६ हजार रुपैयाँ र अन्य सुविधाबापत २६ लाख ३६ हजार ४ सय १७ रुपैयाँ बुझेका छन्।

    अहिलेका अर्थसचिव कृष्णहरि पुष्करले बैठक भत्ता नलिएको देखिन्छ। मरासिनी अघिका सचिव शिशिरकुमार ढुंगानाले बैठक भत्ता १० हजार र अन्य सुविधा बापत ३१ हजार २ सय ३८ रुपैयाँ बुझेका छन्। अघिल्ला अर्थसचिव मधुकुमार मरासिनीले भने बैठक भत्ताबापत २ लाख ५८ हजार र अन्य सुविधाबापत ४ लाख ८५ हजार ४ सय २५ रुपैयाँ बुझेका छन्। 

    सञ्चालकहरु चिन्तामणि शिवाकोटीले १ लाख २५ हजार ५ सय ६४ र शंकर आचार्यले १ लाख १३ हजार ४ सय १२ रुपैयाँ बुझेका छन्। 

    त्यसअघि श्रीराम पौडेलले १३ लाख ३८ हजार ३ सय ५४ र रामजी रेग्मीले ५ लाख ७७ हजार १९ रुपैयाँ बुझेका थिए। अर्का सञ्चालक सुबोध कर्णले ८ लाख ४७ हजार ५ सय १६ रुपैयाँ बुझेका छन्। 

    aaa(12).png

     

     

     

     


    images
    images

    Logo