images
images

महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल सिफारिस 


  • 281
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल सिफारिस 

    काठमाडौँ । महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल सिफारिस भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कानुनी सल्लाहकारका रूपमा रहने सो पदमा पोखरेललाई सिफारिस गरेका हुन्।

    कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट मानिन्छन् । पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने बताइएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको भूमिका निभाएका थिए ।


    images
    images

    Logo