काठमाडौं । निर्वातमान प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरवहादुर देउवाले विहीबारबाट बालुवाटार छोड्ने भएका छन् । देउवाले बालुवाटार छोडडेसँगै विहीबार धुम्वाराहीको नयाँ घरमा सर्ने भएका हुन् ।
आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।
देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको हो ।