काठमाडौं । सरकारको कानुनी सल्लाहाकार महान्यायाधिवक्तामा डा. अधिवक्ता डा। दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यलयमा पोखरेललाई कानुनी सल्लाहाकारमा नियुक्त गर्नका लागि सिफरिस गरेका छन् ।
पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्हाकार समेत बनेका थिए।
सोमवार मात्रै यस अघिको सरकारको कानुनी सल्लाहाकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । सरकार परिवर्तन भएसँगै सरकारको कानुनी सल्लाहाकार परिवर्तन गरिएको हो ।