images
images

राष्ट्र बैंकले गभर्नर अधिकारीलाई दियो १४ लाख तलब


  • 467
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    राष्ट्र बैंकले गभर्नर अधिकारीलाई दियो १४ लाख तलब

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तलब बापत १४ लाख १८ हजार ४ सय रुपैयाँ लिएका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा गभर्नरले पाएको तलब, भत्ताको विवरण सार्वजनिक गरेको हाे। उनको मासिक तलब १ लाख १८ हजार २ सय रुपैयाँ हुन्छ।

    गभर्नर अधिकारीले  सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ लिएका हुन् । गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ तलब भत्ता लिएका छन् । यस्तै अन्य भत्ता तथा सुविधा बापत गभर्नर अधिकारीले ३१ लाख ८१ हजार ८ सय ५५ रुपैयाँ लिएका छन् ।


    images
    images

    Logo