काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १० लाख ३९ हजार ५ सय ४ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । सो बैंकमा रहेका ७ जना संस्थापक शेयरधनीले शेयर विक्री गर्ने लागेको हो ।
बैंकको संस्थापक शेयरधनी ठाकुर प्रसाद गौतमको नाममा रहेको १९ हजार १ सय ४१ कित्ता, नरेन्द्र लाल जोशीको नाममा रहेको ६२ हजार ८ सय ८० कित्ता, दिपक रत्न शाक्यको नाममा रहेको ३ लाख १५ हजार १३ कित्ता, खेम नाथ डल्लाकोटीको नाममा रहेको १ लाख ८९ हजार ६ सय ९८ कित्ता शेयर विक्री गर्ने लागेको हुन् ।
त्यस्तै, कोष राज बन्तको नाममा रहेको ४ लाख २६ हजार ९ सय ६२ कित्ता, सुदिप पौडेलको नाममा रहेको ५ हजार ४ सय ७० कित्ता र देव बहादुर खत्रीको नाममा रहेको २० हजार ३ सय ३४ कित्ता शेयर विक्री गर्ने लागेको हुन् ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्रबागबजारस्थित सेयर विभागमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।



