काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम गरिएको छ ।
सोमवार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम गरिएको महासंघले जनाएको छ ।