images
images

नेप्सेले गर्यो २ लघुवित्तको शेयर कारोबार रोक्का, यस्तो छ कारण


  • 346
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    नेप्सेले गर्यो २ लघुवित्तको शेयर कारोबार रोक्का, यस्तो छ कारण

    काठमाडौं । नेप्सेले २ लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । मंगलवार नेरुडे लघुबित्त र मिर्मिरे लघुबित्त शेयर कारोबार रोक्का गरिएको हो । 

    सोमवार यी दुबै लघुवित्त  बिच मर्जर सम्झौता भएको थियो । सो सम्झौता भएसँगै मंगलवार नेप्सेले कारोबार रोक्का गरेको हो । 


    लघुवित्तले कम्पनीको आगामी साधारणसभा नभएसम्मका लागि आधारभुत शेयरधनीहरुको कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध गरेको छ । 


    नयाँ व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीको कारोबार रोक्का नहुने भएपनि १ प्रतिशत भन्दा माथिका शेयरधनीको कारोबार रोक्का हुनेछ ।


    images
    images

    Logo