काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
यस अघि बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । राष्ट्र बैंकको निर्देशन पश्चात कम्पनीले अब ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।