images
images

लाइसेन्स र  पासपोर्ट लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने मन्त्रिपरिषदको निर्णय


  • 579
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    लाइसेन्स र  पासपोर्ट लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने मन्त्रिपरिषदको निर्णय

     काठमाडौं । मन्त्री परिसदको पहिलो वैठकले  सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।

    सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।


    राहदानी बनाउन रातीदेखि लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएको स्रोतको भनाइ छ ।

    त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।


    images
    images

    Logo