images
images

प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई, सरकारसँग सहकार्य गर्न तयार छौं : अध्यक्ष कुँवर 


  • 537
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई, सरकारसँग सहकार्य गर्न तयार छौं : अध्यक्ष कुँवर 

    काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक  प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिंदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेलगत्तै कुँवरले बधाई दिँदै कुँवरले सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए । प्रचण्ड नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउने अपेक्षा गरेको कुँवरले बताए। 

    त्यस्तै, एनआरएनएले उठाउँदै आएका मुद्धाको सम्बोधन तथा नागरिकता सम्बन्धी विषय संसदबाट छिटै पास हुने विश्वास कुँवरले व्यक्त गरे ।

     शुभकामनाका क्रममा कुवरले सरकारले सम्पूर्ण गैरआवासीय नेपालीको मुद्दाको उचित सम्बोधन गर्ने  र गैरआवासीय नेपालीको नागरिकता सम्बन्धि विषयले पनि संसदबाट छिट्टै निकास निकाल्ने अपेक्षा लिएको बताए ।


    images
    images

    Logo