काठमाडौं । उद्योग विभागले मंसिर महिनामा १६ बटा बेदेशिक लगानी स्वीकृत गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार मंसिर महिनमा मात्रै १६ वटा उद्योग दर्ता गरि ८४ करोड ९० लाख रुपैयाँ लगानीको प्रतिवद्धता जनाएको हो ।
१६ उद्योग मध्ये २ उत्पादनशिल, ८ वटा पर्यटन मूलक र ६ वटा सेवा मूलक उद्योग छन्। विभागले साना उद्योगबाहेक मध्यम र ठूलामा लगानी गर्ने प्रतिवद्धता जनाएको छैन् ।
त्यस्तै, मंसिर महिनामा उद्योग विभागबाट १९ जना प्रतिनिधि र ४० जनालाई आश्रित भिसा सिफारिस गरेका छन् । त्यसैगरी, सुरुदेखि अहिलेसम्म नेपालमा ५ हजार ६ सय ४४ वटा वैदेशिक लगानीमा उद्योग दर्ता भएका छन् ।
जसमा ४ हजार ६ सय ९९ वटा साना, ६ सय २२ वटा मझौला र ३ सय २३ वटा ठूला उद्योगमा लगानी गरेका छन् । उक्त उद्योगबाट ४ खर्ब ३१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।



