काठमाडौं । मनकामना केबलकार अनिश्चितकालका लागि बन्द भएको छ । सोमवार कम्पनीले सूचना जारी गर्दै मनकामना केबलकार सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।
विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको र मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि मनकामना केबलकार सेवा बन्द गरिएको कम्पनीले जनाएको छ ।