बागमती प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले सोमवाु सूचना जारी गर्दै पाँचौ तहका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
आयोगले बागमती प्रदेश तथा‚थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक पाँचौँ तहका पदहरूमा खुला तथा समावेशी दरखास्त माग गरेको छ ।
इच्छुक नागरिकले माग १ गतेसम्म आवेदन बुझाइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर माग ८ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
