images
images

१६९ सांसदको समर्थनसहित प्रचण्डले गरे प्रधानमन्त्री दाबी


  • 246
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    १६९ सांसदको समर्थनसहित प्रचण्डले गरे प्रधानमन्त्री दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीको दाबी पेश गरेका छन् ।

    माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन्।

    अहिले एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४, जसपासँग १२, जनमत पार्टीसँग ६ र राष्ट्रिय जनमुक्ति पार्टीसँग ४ सिट छ । त्यस्तै, प्रभु साह, अमरेश कुमार सिंह र किरण कुमार सिंहले पनि दाहाललाई समर्थन गरेका छन् । 

    गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।


    images
    images

    Logo