काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ५ सय २३ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ सय १५ जना, लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ४१ र नम्बर प्लेट राम्रोसँग नराख्ने ५५ जना चालक रहेका छन् । यस्तै १ हजार ९ सय ९० जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।