काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रवार प्रतितोला १ लाख ३ सय रुपैयाँमा काराेबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ५ सय कायमै गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँ काय भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।