images
images

बुद्ध एयरका संस्थापक एवं पुर्वमन्त्री बस्नेतको निधन


  • 372
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    बुद्ध एयरका संस्थापक एवं पुर्वमन्त्री बस्नेतको निधन

    काठमाडौं । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार बिहान निधन भएको छ ।पारिवारिक स्रोतका अनुसार बस्नेतको ९५ वर्षको उमेरमा निधन भएको हो ।

    भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएलबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा काम गरेका थिए ।

    सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए बस्नेत । उनी २०२४ सालमन कानुन तथा न्याय, शिक्षा मन्त्री बनेका थिएभने  २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए ।

    बस्नेतले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोडेका थिए।

    बस्नेतका २ छोरा र १ छोरी छन् । नेवालको अग्रणी हवाई सेवा प्रदायक बुद्ध एयरमा हाल उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत प्रवन्ध निर्देशक छन्।


    images
    images

    Logo