images
images

प्रधानमन्त्री दावी गर्ने समय आज सकिँदै, सहमति नभए देउवा सीधै प्रधानमन्त्री


  • 351
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    प्रधानमन्त्री दावी गर्ने समय आज सकिँदै, सहमति नभए देउवा सीधै प्रधानमन्त्री

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि प्रस्ताव माग गरेको समय आज सकिँदैछ । संविधानको धारा ७६ (२) अनुसार संसदको बहुमत सदस्यको विश्वास दिन सफल प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपति भण्डारीले ७ दिनभित्र प्रधानमन्त्री दाबी गर्न भनेकी थिइन् । 

    तर अहिले पनि वर्तमान सत्ता गठबन्धनबाट प्रधानमन्त्री कसलाई बनाउने भन्ने सम्बन्धमा निर्णय हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा आलोपालो प्रणाली अन्तर्गत पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दोहोरिन चाहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक आफैं पहिलो प्रधानमन्त्री बन्ने पक्षमा छन् । 

    यसका लागि अब करिब ९ घण्टा मात्रै समय भए पनि अहिलेसम्म को प्रधानमन्त्री बन्ने भन्नेबारे सहमति हुन सकेको छैन । ५ बजेसम्म सहमति नभएमा दलहरुले सहमति जुटाउन समय लागेको भन्दै समय थप गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्न सक्नेछन् । 

    राष्ट्रपतिले समय थप गरेमा थप समयमा सहमतिको प्रयास हुनेछ । त्यसो नभएमा अर्को उपधारा अनुसार प्रधानमन्त्री नियुक्ति हुनेछ । संविधानको धारा ७६ (३) ले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलकोसंसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने व्यवस्था गरेको छ । यस अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नै स्वतः प्रधानमन्त्रीको रुपमा नियुक्त हुनेछन् ।  


    images
    images

    Logo