images
images

प्रदेशस्तरीय वक्तृत्वकलामा भक्तपुरका मदरल्याण्ड र नृत्यमा पारागन पहिलो


  • 448
    SHARES
  • २०७९ पौष ९ गते शनिबार

    प्रदेशस्तरीय वक्तृत्वकलामा भक्तपुरका मदरल्याण्ड र नृत्यमा पारागन पहिलो

    भक्तपुर । अन्तर प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा भक्तपुरका मदरल्याण्ड स्कुल भक्तपुरकी प्रशंसा कार्कीले प्रथम स्थान हांसिल गरेकी छिन । त्यस्तै  लोकनृत्य प्रतियोगितामा पनि भक्तपुरकै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह पहिलो भएको छ ।

    रास्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) द्वारा राजधानीको निब्स स्कुल मण्डीखाटारमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा मनास्लु वर्ल्ड स्कुल चुच्चेपाटी काठमाण्डौका अनुश्री न्यौपाने दोस्रो र समय पाठशाला सिन्धुलीका अमिस कुमार गुप्ताले तेस्रो स्थान हात पारे ।

    bhatapur 1.jpg

     लोकनृत्यतर्फ समय पाठशाला सिन्धुली दोस्रो र ओराकल इंग्लिश मेडियम स्कुल ललितपुर तेस्रो भएका छन् । प्रथम, दोस्रो तथा तेस्रो हुन सफल भएका प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । 

    दुवै विधामा प्रथम हुनेहररु आगामि पुस २७ गते नेसनल प्याब्सनको  २५ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभामा आयोजना हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनेछन् ।

    प्रतियोगिताका विजयीहरूलाई नेसनल प्याब्सन केन्द्रिय सह(अध्यक्ष सुबास न्यौपानेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । नेसनल प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष नारायण कुमार कार्कीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष डम्बर कार्की, सचिव गेन्द्र लामाले मन्तव्य राखेका थिए ।

    320692825_692401335883434_3115323411050508689_n.jpgकार्यक्रममा नेसनल प्याब्सन भक्तपुर जिल्ला  अध्यक्ष संजय खड्का,   सिन्धुली जिल्ला अध्यक्ष सोनाम बज्यु, ललितपुरका  अध्यक्ष तारा सापकोटा, काभ्रेका उपाध्यक्ष बोधि केश लगायतको उपस्थिति रहेको थियो ।

     

     


    images
    images

    Logo