काठमाडौं । सशस्त्र प्रहरीले अवैध लागूऔषध ३ जना व्यक्ति पक्राउ गरेको छ । शनिबार सशस्त्र प्रहरी बलका जितपुर सिमराबाट खटिएको प्रहरीले जितपुर स्थित आदित्य होटलको कोठा नं. ४ बाट अवैध लागूऔषध युरेनियम २ किलो सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २९ बर्षीय रवि चौधरी, ३० बर्षीय सागर चौधरी र २२ बर्षीय बृज सहनी रहेका छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।