images
images

सुनको मूल्य सातामा प्रतितोला ४ सय रुपैयाँले बढ्यो, यस्तो छ बजार मूल्य


  • 349
    SHARES
  • २०७९ पौष ९ गते शनिबार

    सुनको मूल्य सातामा प्रतितोला ४ सय रुपैयाँले बढ्यो, यस्तो छ बजार मूल्य

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । 

    गत साताको शुक्रबार सुनको मूल्य प्रतितोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार सम्म आइपुग्दा छापावाल सुनको मूल्य १ लाख ३ सय रुपैयाँमा आइपुगेको छ ।

     त्यस्तै, गत साता तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार ४ सय रुपैयाँमा काराबोर भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँ कारोबार भएको छ । 

    साताको आइतबार सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँले घटेको थियो । बुधबार एकै दिन ८ सय रुपैयाँले बढ्दा विहीबार पुनः ३ सय रुपैयाँले बढेपनि शुक्रबार एकै पटक १ हजार २ सय रुपैयाँ घटेको थियो । 

    यस्तै एक साता अवधिमा चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १ हजार ३ सय ७० रुपैयाँ थियो । जुन, यो साता १ हजार ३ सय ९० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo