सुर्खेत । नेपाल प्रेस युनियनका जिल्ला अधिवेशन चैत्र महिना भित्रमा हुने भएको छ । केन्द्रीय अध्यक्ष शिव लम्सालले सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै सो जानकारी दिएका हुन ।
लम्सालले यहि पुस महिनामा सकेर चैत्र महिनामा सक्ने गरि काम अघि बढेको बताए । नेपाल प्रेस युनियनका सुर्खेत जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले सो जानकारी दिएका हुन ।
कार्यक्रममा बोल्दै युनियनकी सल्लाहकार अनिता बिन्दुले गुटबाट माथि उठेर युनियनका प्रदेश र जिल्ला अधिबेशन सम्पन्न गर्नु पर्नेमा जोड दिइन । कार्यक्रममा महासचिव दिलिप पौडेल लगायतका पदाधिकारी तथा सदस्यले मन्तव्य राखेका थिए ।