काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको छ ।बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो
साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुर्याइएको थियोतर सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरिदिएको हो । बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए ।
नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए ।गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।