images
images

अवस्था ठीक नभएका १८ सवारी कारबाही


  • 312
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    अवस्था ठीक नभएका १८ सवारी कारबाही

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा शुक्रबार गरिएको सवारी साधनको चेकिङमा अवस्था ठीक नभएका १८ सवारी कारबाही गरेको छ । शुक्रबार गरेको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका  बस, फोर्स गाडी र टाटा सुमो लगायतका १८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको १ सय ७ वटा सवारी साधन चेकजाँचका क्रममा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गरिएको छ । 

    अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली  काठमाडौंको कीर्तिपुर क्षेत्रमा खटिएको थियो ।

    आफ्नो सवारी साधनको अवस्था ठीक भएमा मात्रै सवारी साधन सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई प्रवक्ता  भट्टले अनुरोध गरेको छन् । 


    images
    images

    Logo