images
images

फोहोर रोकिएको छैन, अहिलेसम्ममा ११९ ट्रिप फोहोर व्यवस्थापन 


  • 405
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    फोहोर रोकिएको छैन, अहिलेसम्ममा ११९ ट्रिप फोहोर व्यवस्थापन 

    काठमाडौँ । फोहोर व्यवस्थापन कार्य नियमित भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । 

    आजदेखि काठमाडौँको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकासन भएको उल्लेख गर्दै प्रवक्ता मानन्धरले भने, ‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् । स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो ।’

    ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनुसार आज विहान १ सय १९ ट्रिप फोहोर व्यवस्थापन भइसकेको छ । फोहोर बोकेका ट्रक साइटमा पुग्दैछन् । साइटमा व्यवस्थापनको काम चलिरहेको छ । श्रेष्ठकाअनुसार साइटमा दैनिक २ सय ट्रक पुग्ने गरेका छन् । 


    images
    images

    Logo