काठमाडौं । एनआईसी एसिया र ग्लोबल आईएमइ बैंकको सेवा २ दिन आवरुद्ध हुने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै बैंकहरुको सम्पुर्ण बैंकिङ सेवा बन्द हुने जनाएको हो ।
एनआईसी बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि आज कारोबार समयपश्चात ९ गते शनिवार अपरान्हसम्म बैंकिङ सेवा बन्द हुने बैंकले जनाएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको नियमित सिष्टमको मर्मत सम्भारका लागि आज पुस ८ गते शुक्रबार राती १० बजेदेखि १०ः३० बजेसम्म र आइतबार राती १० बजेदेखि १०ः३० बजेसम्म बैंकिङ सेवा बन्द हुने भएको छ ।
सो समयमा दुबै बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।