काठमाडौं । नागरिक लगानी कोषमा सञ्चालक रहेका कमलेश कुमार अग्रवाललाई बर्खास्त गरिएको छ । कानूनविपरित पदमा बसेको भन्दै उनलाई बर्खास्त गरिएको हो ।
अग्रवालको ५ वर्षको कार्यकाल भदौमा नै सकिएको थियो तर कोषले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै अग्रवाललाई नै पुनः नियुक्ति दिएको थियो ।
तर पछिल्लो समय अग्रवालको नाममा विभिन्न उजुरी पर्नथालेपछि कोसले सरकारले अर्को निर्णय नभएसम्मका लागि सञ्चालक पदबाट बर्खास्त गरेको हो । साथै, कोषको वेवसाइटबाट पनि उनको नाम हटाइसकेको छ ।
अग्रवाल गैर कानुनी रुपमा नेपाल लाइफ र नागरिक लगानीकोष दुबैमा सञ्चालक रहेका थिए ।