images
images

विद्युत प्राधिकरणले लाइन काटेकोप्रति दूरसञ्चारको ध्यानाकर्षण, कारबाही गर्न माग


  • 331
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    विद्युत प्राधिकरणले लाइन काटेकोप्रति दूरसञ्चारको ध्यानाकर्षण, कारबाही गर्न माग

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन सप्लाई काटिदिँदा धेरै स्थानमा इन्टरनेटको समस्या भएको छ । विद्युत प्राधिकरणले यसरी विद्युत लाइन सप्लाई काटिदिँदा बैंकिङ सेवा हवाई सेवा लगायतका अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । 

    दूरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै यसरी दूरसञ्चार सेवा अवरुद्ध गरेका् प्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ । साथै, राज्यको अति आवश्यक दुरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्न समेत माग गरेको छ । दूरसञ्चार ऐन २०५३ अनुसार अत्यावश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई दण्ड गर्ने व्यवस्था रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    साथै हरोक समस्याको समाधान वार्ताबाट मात्रै समाधान हुने भएकाले सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरि अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध रुपमा उपयोग गर्ने गराउने वातावरण मिलाउन दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ ।

     


    images
    images

    Logo