images
images

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिए पदबाट राजीनामा 


  • 389
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिए पदबाट राजीनामा 

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नाे पदबाट राजीनामा दिएका छन् । शुक्रबार पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।  

    पाण्डे मंसिर ४ गतेप्रतिनिधिसभा सदस्यमा धादिङ १ बाट निर्वाचित भएको थिए । प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा पाण्डे विहीबार प्रतिनिधिसभा सदस्यको सपथ लिगेका थिए ।  

    प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए । 


    images
    images

    Logo