काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ नियमावली संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकले विपेषण नियमावली २०६८, नेपाल राष्ट्र बैंक मनिचेञ्जर नियमावली २०७७ र नेपाल राष्ट्र बैंक विदेशी विनिमयदर कारोबार इजाजतपत्र तथा निरिक्षण नियमावली २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले कुनैपनि कारोबार गर्ने निवेदन दिने निवेदक, सञ्चालक तथा पदाधिकारीहरु कुनैपनि प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ बर्ष व्यतीत हुनपर्ने व्यवस्था गरेको छ ।

