काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो ।
बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि १० अर्ब रुपैयाँ र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको चैत १४ गते परिपक्क हुनेछ भने १८२ दिनको अगामी असार १२ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको आगामी पुस १० गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।