images
images

भोलीदेखि सुरु हुने नेपाल टी–२० लिगको विजेताले कति पाउँछन् पुरस्कार ?


  • 326
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    भोलीदेखि सुरु हुने नेपाल टी–२० लिगको विजेताले कति पाउँछन् पुरस्कार ?

    काठमाडाैं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता भोली (पुस ९) देखि सुरु हुँदैछ । कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहनेछ । 

    शुक्रवार नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले विजेताहरुका लागि कुल १ करोड २५ लाख रुपैयाँ पुरस्कार सार्वजनिक गरेका छन् । जसमध्ये सो प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३० लाख र तेस्रो हुनेले १० लाख र चौँथोले ५ लाख पाउने जनाइएको छ । 

    त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरलाई प्रतिव्यक्ती २ लाख ५० हजार र इमजिृङ खेलाडीलाई १ लाख ८० हजार दिइने सेभेन थ्री स्पोर्टसले जनाएको छ । 


    images
    images

    Logo