काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्काशनका गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले पुस ४ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९ सय ९ कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।