काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।