images
images

४१%सम्म लाभांश दिएको बैंकले बनायो लगातार २ वर्ष हात खाली, यस्तो छ १० वर्षे इतिहास


  • 888
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    ४१%सम्म लाभांश दिएको बैंकले बनायो लगातार २ वर्ष हात खाली, यस्तो छ १० वर्षे इतिहास

    काठमाडौं । एनआईसी एसिया बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको अग्रणी वाणिज्य बैंक हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले सो बैंकको शेयर मूल्य ६ सय ६५ रुपैयाँ कायम रहेको छ । 

    ४१ प्रतिशतसम्म लाभांश दिएको सो बैंकले लगानीकर्तालाई निरन्तर २ वर्ष (गत वर्षर यस वर्ष) हात खाली बनाएको छ । बैंकको लाभांश क्षमता राम्रो हुँदाहुदै पनि सो बैंकले शेयरधनीलाई लाभांश दिन सकेको छैन । बैंकले राष्ट्र बैंकले तोके अनुसार पुँजीकोष कायम गर्न नसकेपछि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरणमा रोक लगाइएको हो । 

    बैंकले १० वर्षको इतिहासमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७१/७२ मा दिएको थियो सो वर्ष बैंकले ४१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै बैंकले १० वर्षको इतिहासमा गत वर्ष र यो वर्ष शेयरधनीको हात खाली बनाएको छ । 

    त्यस्तै बैंकले विगत १० वर्षमा दुई पटक हकप्रद जारी गरेको छ ।

    यस्तो छ बैंकको १० वर्षको लाभांश इतिहास :

    nic.JPG

     

     


    images
    images

    Logo