काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाइ मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । बिहीवार राष्ट्र बैंकले आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तलाई आपसमिा मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको हो ।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएसँगै अब सो लघुवित्तहरुले १ महिनाभित्र एकिकृत कारोबार गरिसक्ने जनाइएको छ । सो लघुवित्तको स्वाप रेसियो १००ः७० हुने भएको छ । अर्थात आँधीखोला लघुवित्तको १ सय कित्ता शेयर हुनेले मर्जर पछि बन्ने कम्पनीको ७० कित्ता पाउने भएका छन् ।
यी दुबै लघुवित्तहरुले असार २२ गते मर्जमा जाने सम्झौता गरेका थिए । उक्त मर्जरको प्रस्ताव दुवै कम्पनीले असोज ७ गतेको विशेष साधारणसभाबाट पारित गरेका हुन् ।