images
images

संसदीय दलको नेता चयन गर्न मधेश काँग्रेसद्वारा निर्वाचन समिति गठन


  • 224
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    संसदीय दलको नेता चयन गर्न मधेश काँग्रेसद्वारा निर्वाचन समिति गठन

    काठमाडौं । नेपाली काँग्रेसले मधेश प्रदेश सभाको संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन गरेको छ । आचज बसेको प्रदेश समितिको बैठकले उपसभापति चन्द्रशेखर कुमार यादवको नेतृत्वमा यस्तो समिति गठन गरिएको प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । 

    समितिका सदस्यहरुमा प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दुकुमारी यादव रहेका छन् । 

    बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रधानमन्त्री शेरबहादुर देउवा, सबै राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी तथा काँग्रेसको घोषणापत्र लेखनमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ । 

    त्यस्तै, बैठकले नेपाली काँग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न प्रदेशसभाका अन्य दलहरुसँग वार्ता गर्ने निर्णय गर्दै यससम्बन्धी कामको जिम्मेवारी निर्णय गरेको समेत प्रचार विभाग प्रमुख गुप्ताको भनाइ छ । 

    बैठकले मधेस प्रदेशबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सबै सदस्यलाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।


    images
    images

    Logo