काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ९सीईओ०लाई ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता दिएको छ । १ वर्षमा सीईओलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको हो ।
बैंकले सीईओलाई तलब स्वरुप १ करोड ६० लाख ७६ हजार, भत्ता वापत १ करोड ७ लाख १७ हजार, दशैं भत्ता स्वरुप २२ लाख ३३ हजार, सञ्चका कोषका लागि १६ लाख ८ हजार रुपैयाँ भुब्mानी गरेको छ ।
सथै बैंकले सीईओलाई थप सुविधा पनि दिएको छ । बैंकले बैंकले सीईओका लागि तीन जना सुरक्षा गार्डको व्यवस्था गरेको छ । साथै, सीईओका लागि पानी, बिजुली र टेलिफोनको महशुल बिल अनुसार भुक्तानी गर्ने, सवारी चालक, इन्धन तथा मर्मत सहित सवारी साधानको समेत व्यवस्था समेत बैंकले गरेको छ ।