काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको अन्तिम स्वाप रेसियो तय भएको छ । अन्तिम स्वाप रेसियो १००ः८०.२९ प्रतिशतमा टुंगो लागेको हो । यसको अर्थ सिभिल बैंकमा १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने हिमालयन बैंकमा ८०.२९ कित्ता हुने भएको छ ।
शुरुवाती सम्झौताभन्दा अन्तिम स्वाप रेसियो केही घटेको छ । दुई बैंकबीच गत असार २९ गते १००ः ८१ प्रतिशतमा मर्ज हुने सम्झौता भएको थियो । यसका साथै अव दुवै बैंकको एकीकृत कारोबार माघ १८ गतेदेखि हुने भएको छ । मर्जर पछि बैंकको नाम हिमालयन बैंक हुने छ।
सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको छ ।