images
images

एकैदिन ३३ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 464
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    एकैदिन ३३ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३ सय ६८ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ६४ जना, लेन अनुशासन पालना नगर्ने १ सय १३ जना, रेड लाइडमा सवारी साधन चलाउने ४४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना चालक रहेका छन् । यस्तै २ हजार ९ सय ४१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo