काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।