images
images

नेपाल टेलिकमले लाभांश घोषणा, साधारणसभा पुस २८ गते


  • 512
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    नेपाल टेलिकमले लाभांश घोषणा, साधारणसभा पुस २८ गते

    काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

    बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गतेका लागि साधारणसभा समेत बोलाएको छ । उक्त सभाले पारित गरेसँगै लाभांश वितरण हुनेछ । लाभांश दिने तथा साधारणसभा प्रयोजनका लागि पुस १८ देखि साधारणसभा नभएसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने समेत टेलिकमले जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म कायम रहेका शेयरधनीहरु साधारणसभामा सहभागी हुन पाउनेछन् । 

    अघिल्लो वर्ष टेलिकमले २० प्रतिशत बोनस शेयर समेत दिएको थियो । यसपटक भने टेलिकमले पुँजी नबढाउने भएको हो । 


    images
    images

    Logo