images
images

काँग्रेसका दुवै महामन्त्री सरकारमा नजाने


  • 301
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    काँग्रेसका दुवै महामन्त्री सरकारमा नजाने

    काठमाडौं । काँग्रेसका दुवै महामन्त्रीहरुले सरकारमा नजाने घोषणा गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारमा जाने आफूहरुको प्राथमिकता नरहेको बताएका हुन् । 

    बुधबार भएको संसदीय दलको निर्वाचनमा पराजित भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र अर्कोपटक संसदीय दलको नेता बन्ने तयारी थाल्ने बताए । 

    त्यस्तै, अर्का महामन्त्री शर्माले पार्टीभित्र धेरै काम भएको भन्दै आफू अहिले संगठन सुदृढीकरणका लागि अघि बढ्ने बताए । 


    images
    images

    Logo