images
images

तरलता अभाव कम गर्न २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक


  • 316
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    तरलता अभाव कम गर्न २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

    काठमाडौं ।  तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बुधवार सुचना जारी गर्दै बिहीवार रिपोमार्फत सो बराबरको रकम बजारमा पठाउने भएको हो ।

    इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यही पुस २१ गते परिपक्व हुने यो रिपो बिहीवार दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले रिपोमार्फत वित्तीय बजारमा उक्त रकम पठाउन लागेको हो ।


    images
    images

    Logo