images
images

२ बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति


  • 610
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    २ बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।  राष्ट्र बैंकले कुमारी बैंक रनेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्जर गर्नका लागि अन्तिम स्वीकृति दिएको हो । 

    मर्जर स्वीकृतिका लागि यी दुवै बैंकले गत साता राष्ट्र बैंकमा पुगेका थिए । सोही अनुसार राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । दुबै बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।

     राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै अब साे बै‌ंककाे एकीकृत कारोबार पुस १७ गतेबाट हुने जनाइएकाे छ । 

    मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जर भएपश्चात् सो बैंकको चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ । 


    images
    images

    Logo