काठमाडौं महानगरपालिकाले महानगरका ५ जना अधिकारीहरूको सरूवा गरेको छ। मंगलवार महानगरका कार्यरत ५ अधिकारीहरूको अन्य विभागमा सरूवा गरिएको हो ।
सामाजिक विकास विभागका दीपक अधिकारीलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने वित्त विभागका यादव घिमिरेलाई आन्तरिक लेखा परीक्षणमा पठाइएको छ ।
त्यस्तै, गोपाल पोखरेललाई सामाजिक विकास विभागमा सरुवा गरिएको छ भने नुरनिधि न्यौपानेलाई मेयरको सचिवालय तथा विभागीय प्रमुखमा र महेश काफ्लेलाई सार्वजनिक निजी साझेदारी कार्यक्रममा सरूवा गरिएको छ ।